Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख

४ फाल्गुन २०८१, आईतवार ०८:५२

४ फागुन, काठमाडौं। कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनीहरूको हिजोभन्दा आजको अवस्था सुधारोन्मुख रहेको जनाएको हो ।

यस्तै, अस्पतालले उनीहरुको अवस्था सामान्य भए पनि संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरिएको जनाएको छ । अस्पतालका निदेशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्