Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

शंखरापुर बस दुर्घटनामा परेका थप एक जनाको मृत्यु

४ फाल्गुन २०८१, आईतवार ०९:०४

४ फगुन, काठमाडौँ । शंखरापुर नगरपालिका–५ मा गत बुधबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मेडिसिटी अस्पतालमा उपचाररत १० वर्षीय विद्यार्थी सनसाइन तामाङको मृत्यु भएको हो ।

उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ । यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलको मृत्यु भएको थियो ।

चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएर फर्कने क्रममा उनीहरु सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्