Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

शंखरापुर बस दुर्घटनामा परेका थप एक जनाको मृत्यु

४ फाल्गुन २०८१, आईतवार ०९:०४

४ फगुन, काठमाडौँ । शंखरापुर नगरपालिका–५ मा गत बुधबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मेडिसिटी अस्पतालमा उपचाररत १० वर्षीय विद्यार्थी सनसाइन तामाङको मृत्यु भएको हो ।

उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ । यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलको मृत्यु भएको थियो ।

चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएर फर्कने क्रममा उनीहरु सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्