Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृति मेला सम्पन्न, सयौले रोजगार पाए

४ फाल्गुन २०८१, आईतवार ०९:४६

४ फागुन, काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ।

यहि फागुन २ र ३ गते नगरपालिका परिसरमा भएको मेलामा सयौले रोजगार प्राप्त गर्नुका साथै धेरै विद्यार्थीहरुले इन्टर्नको सुविधा पनि प्राप्त गरेका छन।

सो मेलाको उदघाटन शत्रको प्रमुख अतिथि शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री विद्या भट्टराई र समापन शत्रको प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदिप पौडेल रहेको सो मेलामा विभिन्न रोजगारदाता कम्पनि तथा संस्थाहरुले स्टल राखेर आवेदन लिएका थिए।

त्यस्तै मेलाको अवसर पारेर बुढानिलकण्ठ नगरपालिकाले नियमित रुपमा संचालन हुने गरी वृति तथा रोजगार परामर्श केन्द्रको पनि शुभारम्भ गरेको छ भने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई परामर्श पनि प्रदान गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको समापन समरोहमा मेलालाई सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो।

विगतका मेलाहरुमा परामर्श र रोजगार प्रवर्धनलाई जोड दिएको नगरपालिकाले यस पटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताहरुको स्टल मै आवेदन दिन सकिने व्यवस्था गरेको छ जसमा पहिलो दिन सयौ बेरोजगार नगरवासीले आफुले चाहेको पदमा आवेदन दिएका थिए ।

शिक्षा, सिप र उद्यमशीलता; रोजगारी हाम्रो प्राथमिकता भन्ने नारा सहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको यस नगरपालिकाले यसपालिको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको छ। पहिलोदेखि तेस्रो वृत्ति मेलामा समेत रोजगारी एवंं युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको थियो । यस अवधिका तीन ओटै रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाहरुको तथ्याङ्क सङकलन गरिएको थियो ।

तथ्याङ्क सङकलनका क्रममा बेरोजगार युवाहरुले लिन चाहेको रोजगारमूलक तालिमको माग सङ्कलन समेत गरिएको थियो। माग बमोजिम रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ।

यसै गरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ। रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याईएको छ। शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सयौँको सङ्ख्यामा रोजगारदाता र बेरोजगार युवाहरुबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको छ।

मेलामा बढी भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरुलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको छ । मेलामा कुल ४२ वटा स्टल रहने र उक्त ४२ स्टल मध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सिप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवर्द्धक  र बाँकी ६ वटा विविध विषयका स्टलहरुरहेका थिए।

बुढानिलकण्ठ नगरपालिका सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनीले संचालन गरेको सो समापन कार्यक्रममा शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्