Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

परराष्ट्रमन्त्री राणा र कतारका मन्त्रीबीच भेटवार्ता

४ फाल्गुन २०८१, आईतवार १०:२८

४ फागुन, काठमाडाैं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटवार्ता आइतबार ओमानको राजधानी मस्कटमा भएको हो । “हामीले श्रम, व्यापार र पर्यटन क्षेत्रमा आदानप्रदान बढाउने कुरामा केन्द्रित हुँदै नेपाल–युएई सम्बन्ध बढाउँदै जाने बारेमा विचार आदानप्रदान गर्यौं,” मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “साथै दुई पर्यटकीय शहरहरू – पोखरा र दुबई बीच प्रत्यक्ष हवाई सम्पर्कको लागि अनुरोध पनि गर्यौं ।”

भेटका क्रममा उनीहरूका बीचमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभावलाई न्यूनीकरण गर्नका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो ।

मन्त्री डा देउवाले सो अवसरमा नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत् संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद ज्ञापन गरिन् । त्यस अवसरमा मन्त्री सायेघले युएइको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्