Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

परराष्ट्रमन्त्री राणा र कतारका मन्त्रीबीच भेटवार्ता

४ फाल्गुन २०८१, आईतवार १०:२८

४ फागुन, काठमाडाैं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटवार्ता आइतबार ओमानको राजधानी मस्कटमा भएको हो । “हामीले श्रम, व्यापार र पर्यटन क्षेत्रमा आदानप्रदान बढाउने कुरामा केन्द्रित हुँदै नेपाल–युएई सम्बन्ध बढाउँदै जाने बारेमा विचार आदानप्रदान गर्यौं,” मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “साथै दुई पर्यटकीय शहरहरू – पोखरा र दुबई बीच प्रत्यक्ष हवाई सम्पर्कको लागि अनुरोध पनि गर्यौं ।”

भेटका क्रममा उनीहरूका बीचमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभावलाई न्यूनीकरण गर्नका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो ।

मन्त्री डा देउवाले सो अवसरमा नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत् संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद ज्ञापन गरिन् । त्यस अवसरमा मन्त्री सायेघले युएइको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्