Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा सभापति निर्विरोध

४ फाल्गुन २०८१, आईतवार १०:३८

४ फागुन, धनगढी। सुदूरपश्चिम प्रदेशसभाका चार विषयगत समितिले सभापति पाएका छन् । लामोसमयदेखि रिक्त रहेको सभापति चयनका लागि प्रदेशसभा सचिवालयले शनिबार निर्वाचन प्रक्रिया सुरु गरेको थियो ।

प्रदेशसभा सचिवालयले सभापति पदका लागि शनिवार दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय दिएको थियो। उक्त समयसम्म समितिहरूका लागि एकल उम्मेदवारी परेपछि सभापति निर्विरोध चयन भएका हुन् ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावल, सामाजिक विकास समितिको सभापतिमा नेकपा एमालेका सांसद धर्मराज पाठक तथा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी निर्विरोध भएका छन्।

प्रतिक्रिया दिनुहोस्