Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

लोकतन्त्रवादी यातायात व्यवसायी संघको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन

४ फाल्गुन २०८१, आईतवार १२:३५

५ फागुन, काठमाडौँ। नेपाली कांग्रेस निकट लोकतन्त्रवादी यातायात व्यवसायी संघ, काठमाडौँको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन भएका छन्।

काठमाडौँ जिल्लाका विभिन्न संघ, समिति, कम्पनी तथा प्रालिमा आबद्ध लोकतन्त्रवादी यातायात व्यवसायीहरूको सहभागितामा सम्पन्न निर्वाचनमार्फत श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

निर्वाचन समिति संयोजक नारायण श्रेष्ठका अनुसार कार्यसमितिमा तीन जना सदस्य पछि मनोनीत गरिनेछन्। नवनिर्वाचित अध्यक्ष मन्जय प्रकाश श्रेष्ठले संघलाई सशक्त बनाउन तथा समन्वयात्मक रूपमा कार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

नयाँ कार्यसमितिमा चन्द्र कुमार श्रेष्ठ उपाध्यक्ष, लक्ष्मण तिमल्सीना सचिव, राजन देउला सह-सचिव, र बिनिता बस्नेत कोषाध्यक्षका रूपमा चयन भएका छन्। त्यसैगरी, मोहन जंग बस्नेत, विशाननाथ, नरहरी बलामी, महेन्द्र श्रेष्ठ, र हिरा कृष्ण शाही सदस्य पदमा चयन भएका छन्।

निर्वाचन सम्पन्न भएपछि अध्यक्ष श्रेष्ठले यातायात व्यवसायीहरूको हकहित संरक्षण तथा समस्या समाधानका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्