Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छः उपप्रधानमन्त्री सिंह

५ फाल्गुन २०८१, सोमबार ११:२८

५ फागुन, काठमाडौँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता जरुरी भएको बताएका छन्। ‘मनास्लु वल्र्ड स्कुल’ले आज आयोजना गरेको कार्यक्रममा उनले कुनै पनि विकसित देश एकै दिनमा नबनेको बताए।

अहिलेका विकसित देश बन्न पनि वर्षौं लागेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले समृद्ध नेपाल बनाउने अभियान अघि बढिरहेकाले चाहेजस्तो देश बनाउन केही समय लाग्ने र त्यसमा सबै नेपालीको भूमिका महत्वपूर्ण हुने धारणा राखे। अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था फेरिएन भनेर गलत भाष्य बनाइएको उल्लेख गर्दै प्रजातन्त्र प्राप्तिपछि सबै क्षेत्रमा ठूलो परिवर्तन भएको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले देशमै गुणस्तरीय शिक्षा पाउने अवस्था बनेकाले देशभित्रै अवसर खोज्न युवाहरुलाई आग्रह गरे। कडा मेहनत र परिश्रमविना लक्ष्य प्राप्ति गर्न असम्भव रहेकाले विद्यार्थीहरुले अध्ययनमा लगनशील हुनुपर्ने सुझाव दिए। देशमै अवसर भएकाले त्यसको सदुपयोग गर्ने सोच विकास गर्न आवश्यक रहेको उनले बताए।

“गुणस्तरीय शिक्षा मात्र सबैथोक होइन। सम्पूर्ण व्यक्तित्व विकासमा ध्यान दिनुस् । क्षमता भएर मात्रै हुँदैन । कडा मेहनत र अनुशासनन चाहिन्छ,” उपप्रधानमन्त्री सिंहले भने।

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले समाजसेवी अनुराधा कोइराला, नायक राजेश हमाल, राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ, शिक्षाविद् बालचन्द्र देवकोटा र पत्रकार राजेन्द्र बानियाँलाई सम्मानपत्र पदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्