Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

प्रथम उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगिता सम्पन्न [फोटोफिचर]

६ फाल्गुन २०८१, मंगलवार ०३:०४

काठमाडौँ। नेपाल ट्रेडिसनल कुङ्ग फु सोसाइटीद्वारा आयोजित पहिलो उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगिता काठमाडौंको चन्द्रागिरि-३, थानकोटमा सम्पन्न भएको छ। शुक्रबारदेखि दुई दिनसम्म चलेको प्रतियोगितामा करिब २०० खेलाडीले भाग लिएका थिए।

प्रतियोगिताको मुख्य उद्देश्य ट्रेडिसनल कुङ्ग फु प्रवर्द्धन गर्दै शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनु रहेको सोसाइटीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक चन्द्र प्रसाद महर्जनले बताए।

प्रतिस्पर्धाका क्रममा ३२ स्वर्ण, ३२ रजत, र ४५ कांस्य पदक वितरण गरिएको थियो। पदक तालिकामा दक्षिणकाली ट्रेडिसनल कुङ्ग फु शाखा पहिलो, थानकोट ट्रेडिसनल कुङ्ग फु शाखा दोस्रो, र मंगलोदय स्कूल तेस्रो स्थानमा रहे।

हेर्नुहोस् प्रतियोगिताका झलकहरू

प्रतिक्रिया दिनुहोस्