Trending
सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला?     |     नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै     |     युवा संघ विभाजित : झलनाथ, घनश्याम निकटको युवा भेला भोली, प्रमुख अतिथि रामकुमारी झाँक्री     |     नेपाल टेलिकमको नेटवर्क समस्या समाधान, करिब साढे ४ घण्टापछि सेवा पुनः सञ्चालनमा     |     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना     |     नागको पूजा गरेर आज नागपञ्चमी पर्व मनाइँदै     |     पारा तेक्वान्दो टोली मलेसिया जाँदै     |     विश्व बैंकद्वारा ऋणको ब्याजदर ०.७५ प्रतिशतले वृद्धि     |     जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी     |     पोखरामा फेला परे ‘बेपत्ता’ भनिएका हायू परिवारका १५ सदस्य     |    
समाचार

दुवै सदनको बैठक आज बस्दै

६ फाल्गुन २०८१, मंगलवार ०४:३८

६ फागुन, काठमाडौँ। संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक दिउँसो १ :१५ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/ ८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसका साथै गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकको आरम्भमा विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन् ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक,२०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले कार्यसूचीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्