Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

ओडिसा घटनामा सरकारको कुटनीतिक असमक्षता देखियो : सांसद सापकोटा

६ फाल्गुन २०८१, मंगलवार ०८:५०

६ फागुन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छिमेकमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भएको बताएका छन् ।

भारतको उडिसामा प्रकृति लम्सालको मृत्यु भएको प्रसङ्ग जोड्दै सांसद झाले छिमेकी देशसँग ‘डिप्लोम्याट’ कमजोर भएको बताएका हुन् । ‘छिमेक देशमा नै हाम्रो डिप्लोम्याट कमजोर भयो, चौकीदारले पनि सजिलै नेपालीलाई पिट्न पायो, तिम्रो देशका बजेट भन्दा मेरो विश्वविद्यालयको बजेट धेरै छ भनेर भनिरहेका छन्, यो भनेको छिमेकी देशमा हाम्रो आत्मसम्मान छैन भन्ने हो,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले भने, ‘अब डिप्लोम्याटमा रि स्ट्रक्चर गर्नुपर्छ।’

उनका अनुसार २२ लाख नेपाली भारतका विभिन्न सहरमा कार्यरत रहेको तर कूटनीतिमा भने जम्मा १६ जना मात्रै काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्