Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

ओडिसा घटनामा सरकारको कुटनीतिक असमक्षता देखियो : सांसद सापकोटा

६ फाल्गुन २०८१, मंगलवार ०८:५०

६ फागुन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छिमेकमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भएको बताएका छन् ।

भारतको उडिसामा प्रकृति लम्सालको मृत्यु भएको प्रसङ्ग जोड्दै सांसद झाले छिमेकी देशसँग ‘डिप्लोम्याट’ कमजोर भएको बताएका हुन् । ‘छिमेक देशमा नै हाम्रो डिप्लोम्याट कमजोर भयो, चौकीदारले पनि सजिलै नेपालीलाई पिट्न पायो, तिम्रो देशका बजेट भन्दा मेरो विश्वविद्यालयको बजेट धेरै छ भनेर भनिरहेका छन्, यो भनेको छिमेकी देशमा हाम्रो आत्मसम्मान छैन भन्ने हो,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले भने, ‘अब डिप्लोम्याटमा रि स्ट्रक्चर गर्नुपर्छ।’

उनका अनुसार २२ लाख नेपाली भारतका विभिन्न सहरमा कार्यरत रहेको तर कूटनीतिमा भने जम्मा १६ जना मात्रै काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्