Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

अनलाइन जुवा खेलाउने २४ जना भारतीय पक्राउ

६ फाल्गुन २०८१, मंगलवार ०८:५५

६ फागुन, काठमाडौं। बूढानीलकण्ठमा दुई वटा घर भाडामा लिएर अनलाइन जुवा खेलाउने २४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, सोमबार (फागुन–५ गते) साँझ उनीहरूलाई जुवा खेलाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो ।

प्रहरीले उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छ भने १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको पाइएको छ । स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्