Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

अनलाइन जुवा खेलाउने २४ जना भारतीय पक्राउ

६ फाल्गुन २०८१, मंगलवार ०८:५५

६ फागुन, काठमाडौं। बूढानीलकण्ठमा दुई वटा घर भाडामा लिएर अनलाइन जुवा खेलाउने २४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, सोमबार (फागुन–५ गते) साँझ उनीहरूलाई जुवा खेलाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो ।

प्रहरीले उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छ भने १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको पाइएको छ । स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्