Trending
गुरूङ वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित     |     लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ     |     चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु     |     बागमतीमा यातायात राजस्व भुक्तानी विद्युतीय माध्यमबाट हुने     |     इन्टरनेट पहुँच विस्तारका लागि शुल्क घटाउन सुझाव     |     सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक रेकर्ड     |     प्रतियोगिता प्रशिक्षण वैशाख ६ देखि सुरु, मिस एण्ड मि. आइडल सिजन २ ले बाल प्रतिभालाई…     |     आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग यथासिघ्र सम्बोधन गर्न प्रभु साहको आग्रह     |     सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ: प्रधानमन्त्री     |     सुन हालसम्मकै महँगो, तोलाको कति पुग्यो ?     |    
कला र मनोरन्जन

‘पूर्णबहादुरको सारङ्गी’ पछि ‘लाज शरणम्’ले फर्काउन सक्छ दर्शकलाई हलमा

६ फाल्गुन २०८१, मंगलवार १०:२२

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।

संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन ।

जुनसुकै जनरा, कलाकार र निर्देशकका कलाकार आए पनि चलचित्र चलेनन् । प्रदीप खड्का, प्रियंका कार्की, ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्ललगायत स्टारका चलचित्र रिलिज भए पनि सिनेमाले व्यापार राम्रो गर्न सकेनन् ।

मंसिर, पुस र माघको जाडोसँगै सिनेमाको बक्सअफिस चिसियो । गत वैशाखदेखि नेपाली चलचित्र नगरीमा देखिएको उत्साह सेलायो । सेलाएको यो उत्साह र ओरालो लागेको बक्सअफिसलाई अब कुन चलचित्रले तताउला ? यसै भन्न त सकिन्न किन भने सिनेमाको बिजनेस हो ।

तर, अहिलेसम्म बजारमा आएका कन्टेन जस्तै : टिजर र गीत हेर्दा र यसप्रति दर्शकले देखाएके चासो हेर्दा सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना छ । जाडो सँगै चिसिएको नेपाली चलचित्रको बजारलाई गर्मी सुरु भएसँगै आउने ‘लाज शरणम्’ कात्तिक अगाडिकै बजारमा फैल्याउने स्वयं लाज शरणको टिमको विश्वास छ ।

चलचित्र ‘लाज शरणम्’को टिमले यतिबेला गरिरहेको आक्रामक प्रचार, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत र टिजरमा देखिएको प्रोडक्सन भ्यालुले यो चलचित्रले बजार फर्काउने विश्वास गर्न सकिन्छ ।

चिनिएका फेस जस्तै : सिताराम कट्टेल ‘धुर्मुस’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘बले’, सागर लम्साल ‘बले’लगायत कलाकारका कारण पनि यो चलचित्र दर्शकको रोजाइमा पर्नसक्छ ।

बालेनको गीतले ‘लाज शरणम्’लाई ती आम दर्शकसम्म पुर्याएर थप हाइप बढाएको छ । यसले पनि दर्शकलाई हलसम्म तान्न सहयोग गर्नेमा निर्माणपक्ष ढुक्क छ ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुस, विजय, अर्जुन, सागर, हरिष र प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्