Trending
रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |     नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता     |     लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान     |     प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान     |     ‘समयअघिनै जन्मिएका शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्छ’     |     नेपालद्वारा माल्दिभ्स पराजित     |    
समाचार

कर्नाटककालको मन्दिर पश्चात मौलापुरमा भेटियो गुप्तकालको अर्को पुरानो मन्दिर

७ फाल्गुन २०८१, बुधबार १०:०१

७ फागुन, रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौरामा गुप्तकालिन ऐतिहासिक अर्को मन्दिर फेला परेको छ । पतौरामा यस अघि नै कर्नाटककालको शिवमन्दिरको अवशेषहरु फेला परेको थियो । जहाँ अहिले प्रत्येक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गरेको छ ।

मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले फेरी अर्को गुप्तकालिन मन्दिर फेला परेको जनाएकी छन् । पुरातात्विक विभागको उत्खनन पश्चात गुप्तकालिन मन्दिर फेला परेको पुरातात्विक विज्ञले जनाएका छन् ।

‘पुजा भईरहेको ठाउँमा भेटिएको मन्दिर कर्नाटककालको हो । उत्खननको क्रममा भेटिएको अर्को मन्दिर गुप्तकालको हो । पुरातात्विक विभागले उत्खनन कहिले गर्ने र छोड्ने कामले कतिपय बस्तुहरु नष्ट भईरहेका छन्’, मेयर साहले भनिन्, ‘उत्खनन गरी परिक्षणका लागि लागि चार बर्ष अघि यहाँबाट लगिएको बस्तुहरु पुरातात्विक विभागले अझै सार्वजनिक गरेको छैन्, कतिपय बस्तुहरु त नष्ट हुनसक्ने भएकाले त्यसलाई परिक्षण पश्चात सार्वजनिक गर्नुपर्ने हाम्रो माग हो । सरकारले पनि यसको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन आवश्यक छ ।’

पतौरामा पुरातात्विक विभागले उत्खनन जारी नै राखेको छ । तर मनलागेको बेलामा उत्खनन गर्ने र छोड्ने कामले कतिपय बस्तुहरु नष्ट हुन सक्ने भएकाले त्यसलाई निरन्तरता दिनुपर्ने माग मेयर साहको रहेको छ ।

मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित नगरपालिकाले प्रत्येक बर्ष मधानी महायज्ञ गर्दै आएको छ । यस बर्ष समेत नगरपालिकाको आयोजनामा मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ ।

मधानी महायज्ञ प्राचिन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । ११ फागुनमा उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

‘हामीले सक्दो प्रयास जारी राखेका छौं । यहाँको पर्यटन प्रबद्र्धनमा काम भईरहेको छ । बिश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि हाम्रो बलबुता लगाईरहेका छौं । तर केन्द्रले ध्यान नदिएपछि ओझेलमा परेको छ’, मेयर साहले भनिन् । उनले सरकारसंग यहाँको पर्यटन प्रवद्र्धनका साथै संरक्षणको क्षेत्रमा पहल गर्दै यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि माग समेत गरिन् ।

अहिले जतिपनि उत्खनन भईरहेका छन् त्यस मध्ये पतौराको सबैभन्दा पुरानो भएको बताउदै उनले गुप्तकालिन ति सम्पदाको संरक्षण, प्रवद्र्धन गर्ने जिम्मेवारी सरकारको भएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्