Trending
रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |     नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता     |     लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान     |     प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान     |     ‘समयअघिनै जन्मिएका शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्छ’     |     नेपालद्वारा माल्दिभ्स पराजित     |    
समाचार

सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

७ फाल्गुन २०८१, बुधबार १०:२१

७ फागुन,काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलाम सूर्योदय नगरपालिका-१० घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् ।

पक्राउ मध्ये सरनले सिंगापुर पठाइदिछु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रूपैयाँ र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्