Trending
‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक     |     नेपाललाई विश्वकप छनोटको उपाधि     |     महिला फुटबलः नेपाल थाइल्याण्डसँग पराजित     |     चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक     |     नेपालले सामोआलाई दियो २१२ रनको चुनौती     |     चलचित्र ‘धागो’को गीत ‘मेरो सम्झना’ सार्वजनिक     |     आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन     |     ‘काठमाडौँ हारर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि     |     सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
विज्ञान र प्रविधि

शाओमी १४ टि नेपालमा सार्वजनिक

७ फाल्गुन २०८१, बुधबार १०:४७

काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १४ टि नेपालमा सार्वजनिक गरेको छ ।

लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुनिक मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्छ भने मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र एड्भान्सड् एआई फिचरहरू सहित उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिन्छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यसबारे बोल्दै भने, “शाओमी १४ टि शक्ति, इन्टेलिजेन्स र इनोभेसनको प्रतीक हो । लाइका क्यामेरा प्रणाली, उच्च प्रदर्शन र स्मार्ट एआई फिचरहरू सहितको यो डिभाइस नेपाली ग्राहकवर्गमाझ प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । हामी विश्वस्त छौं कि यो स्मार्टफोनले फोटोग्राफी, परफर्मेन्स र प्रयोगकर्ताको अनुभवमा नयाँ मापदण्ड स्थापित गर्नेछ ।”

लाइकाको सहकार्यमा निर्मित याडभान्सड् क्यामेरा
शाओमीले आफ्नो लाइकासँगको सहकार्यलाई निरन्तरता दिँदै शाओमी १४ टि मा ट्रिपल क्यामेरा प्रणाली समावेश गरेको छ । यसमा लाइका सुम्मिलक्स सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश रहेको छ जसले प्रत्येक फोटोमा अतुलनीय डिटेल्स र स्पष्टता प्रदान गर्छ । शाओमी प्रोफोकस र ६० एफपिएस सहितको फोके भिडियो रेकर्डिङले यसलाई प्रोफेसनल–ग्रेड भिडियोग्राफीको अनुभव दिलाउँछ ।

मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर
मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरद्वारा संचालित शाओमी १४ टि ले मल्टीटास्किङ, गेमिङ, र दैनिक कार्यहरूमा उच्च प्रदर्शन सुनिश्चित गर्दछ । यसमा रहेको ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै सहज र ल्याग–फ्रि प्रदर्शन सुनिश्चित गर्छ ।

अल्ट्रा–स्मूथ, अल्ट्रा–स्मार्ट डिस्प्ले
शाओमी १४ टि मा ६.६७ इन्चको एमोलेड डिस्प्ले रहेको छ जसले १४४ हर्जको रिफ्रेस रेट सहित स्मूथ र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्छ । ४००० निट्सको पीक ब्राइटनेस, एचडिआर १०+ सपोर्ट र १.५ के रिजोलुसन रहेको यो स्मार्टफोनले उज्यालो बाहिरी वातावरणमा पनि उच्च स्तरको मल्टिमिडिया अनुभव सुनिश्चित गर्छ ।

उत्कृष्ट एआई र स्मार्ट फिचरहरू
शाओमी १४ टि मा एआई–पावर्ड फोटोग्राफी मोडहरू, स्मार्ट सिन रेकग्निसन र ब्याट्री अप्टिमाइजेसन जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध रहेका छन् जसले प्रयोगकर्ताहरूलाई सहजताको अनुभव प्रदान गर्नेछ ।

सर्वोच्च ब्याट्री पावर र हाइपर चार्ज
५००० एमएच ब्याट्री सहित शाओमी १४ टि ले दिनभर चल्ने सक्ने ब्याट्री लाइफ प्रदान गर्दछ भने ६७ वाटको हाइपर चाजिङ टेक्नोलोजी ले ४५ मिनेटमै ब्याट्री फुल चार्ज हुने सुविधा प्रदान गर्छ ।

आइपि ६८ रेटिङ सहितको मजबुत डिजाइन
आइपि ६८–रेटिङ भएको यो डिभाइस पानी र धुलोबाट सुरक्षित रहेको कम्पनीले जनाएको छ । यो स्मार्टफोन २ मिटर गहिराइमा ३० मिनेटसम्म सुरक्षित रहन सक्छ ।

प्रतिक्रिया दिनुहोस्