Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा आज नेपालले लेबनानसँग खेल्दै

८ फाल्गुन २०८१, बिहीबार ०४:५९

८ फागुन, काठमाडौँ। इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । चारै टोलीको यो दोस्रो खेल हुनेछ । पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले तथा नेपालले कीर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।

लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्