Trending
इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     साउदी अरेबियामाथि स्पेनको फराकिलो जित     |     सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री     |     दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा     |     प्रधानमन्त्री बालेनले संसद‍्‍मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए     |     प्रधानमन्त्रीले भने- आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ     |     बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने     |     बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |    
समाचार

आज तीन संसदीय समितिको बैठक बस्दै

६ आश्विन २०८१, आईतवार ०२:३०

६ असोज,काठमाडौँ। सङ्घीय संसद् अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ ।

बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल हुनेछ । सोही समयमा सुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुनेछ ।

त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्