Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

देउवा भारत जाने कार्यक्रम स्थगित

८ फाल्गुन २०८१, बिहीबार ०७:१४

८ फागुन, काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुँदैछ ।

यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति देउवा बिहीबार भारत जाने र शुक्रबार उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउण्डेसनले गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि अन्तिम समयमा सभापति देउवाले भ्रमण रद्द गरेका हुन्।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवा भारत जाने कार्यक्रम रद्द गरिएको जानकारी दिए। ‘प्रयागराजमा हुने सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो, भिडभाड हुनेजस्ता कारणले गर्दा नजाने निर्णय गरिएको हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्