Trending
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |     जाँचबुझ आयोगमा बयान दिन जाँदै रमेश लेखक     |     कान्छाराम कन्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा     |     सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो     |     राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?     |     नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचिमा नपर्ने     |     यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रास्वपा सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

८ फाल्गुन २०८१, बिहीबार ०७:२९

८ फागुन, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने जानकारी दिए । बैठकमा छलफलका तीन एजेन्डा तय गरिएको छ ।

बुर्लाकोटीका अनुसार समसामयिक र पार्टी गतिविधि, नियमावली र कार्यविधिहरु (प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१) र सर्वांगीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी छन् ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएपछि कार्यबाहक सभापति डिपी अर्यालको सभापतित्वमा रास्वपाको बैठक बस्दै आएको छ । जसले पार्टी संगठनका विभिन्न निर्णय गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्