Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता, आज शपथ

८ फाल्गुन २०८१, बिहीबार १०:५७

८ फागुन, काठमाडौँ। भारतको राजधानी दिल्लीको रामलीला मैदानमा आयोजित विशेष समारोहमा भारतीय जनता पार्टी (भाजपा)की विधायक रेखा गुप्ताले बिहीबार दिल्लीका नवौं मुख्यमन्त्रीको रूपमा सपथ लिएकी छन् ।

५० वर्षीया गुप्ताले बिहीबार दिल्लीको रामलिला मैदानमा ९ औँ मुख्यमन्त्रीको शपथ लिइन्। उनी दिल्लीको चौथो महिला मुख्यमन्त्रीसमेत बनिन्।

यसअघि सुष्मा स्वराज, शीला दीक्षित र आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बनेका थिए। शपथग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत पुगेका थिए।

नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज दिउँसो रामलीला मैदानमा हुँदैछ । गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्यायलगायत मुख्यमन्त्रीका लागि आकाङ्क्षी रहेका थिए ।

गुप्ता शालिमारबागबाट विजयी हुनुभएको हो । दिल्ली विधानसभा चुनावमा कुल ७० सिटमध्ये भाजपाले ४८ सिट जितेर सत्तामा फर्किएको हो । यसैबीच आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्