Trending
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |     जाँचबुझ आयोगमा बयान दिन जाँदै रमेश लेखक     |     कान्छाराम कन्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा     |     सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो     |     राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?     |     नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचिमा नपर्ने     |     यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर     |    
समाचार

आइफोन १६–ई सार्वजनिक, मूल्य ६० देखि ९० हजारसम्म

८ फाल्गुन २०८१, बिहीबार ११:२७

काठमाडौं। एप्पलले आफ्नो नयाँ स्मार्टफोन आइफोन १६ ई सार्वजनिक गरेको छ। यसमा एक नयाँ अपडेटेड डिजाइन र फिचरहरू समावेश छन्।

आइफोन १६–ई मा एप्पल इन्टेलिजेन्स फिचर समावेश गरिएको छ भने यसमा उच्च क्षमताको ब्याट्री प्रयोग गरिएको छ। फोनमा आइओएस १८ सफ्टवेयर जडान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो फोन १२८ जिबी, २५६ जिबी र ५१२ जिबी क्षमतामा पाइनेछ।

१६–ईमा ६.१ इञ्चको सुपर रेटिना डिस्प्ले जडान गरिएको छ। त्यस्तै, पछाडि ४८ मेगापिक्सल क्यामरा जडान गरिएको छ भने अगाडि १२ मेगापिक्सल क्यामरा छ।

यो फोनमा आइओएस १८ सफ्टवेयर जडान गरिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले आइफोन एस–ई सिरिजको सट्टा ई सिरिज सार्वजनिक गरेको हो। यो फोन १२८ जिबी, २५६ जिबी र ५१२ जिबी क्षमतामा पाइनेछ।

प्रतिक्रिया दिनुहोस्