Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

आइफोन १६–ई सार्वजनिक, मूल्य ६० देखि ९० हजारसम्म

८ फाल्गुन २०८१, बिहीबार ११:२७

काठमाडौं। एप्पलले आफ्नो नयाँ स्मार्टफोन आइफोन १६ ई सार्वजनिक गरेको छ। यसमा एक नयाँ अपडेटेड डिजाइन र फिचरहरू समावेश छन्।

आइफोन १६–ई मा एप्पल इन्टेलिजेन्स फिचर समावेश गरिएको छ भने यसमा उच्च क्षमताको ब्याट्री प्रयोग गरिएको छ। फोनमा आइओएस १८ सफ्टवेयर जडान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो फोन १२८ जिबी, २५६ जिबी र ५१२ जिबी क्षमतामा पाइनेछ।

१६–ईमा ६.१ इञ्चको सुपर रेटिना डिस्प्ले जडान गरिएको छ। त्यस्तै, पछाडि ४८ मेगापिक्सल क्यामरा जडान गरिएको छ भने अगाडि १२ मेगापिक्सल क्यामरा छ।

यो फोनमा आइओएस १८ सफ्टवेयर जडान गरिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले आइफोन एस–ई सिरिजको सट्टा ई सिरिज सार्वजनिक गरेको हो। यो फोन १२८ जिबी, २५६ जिबी र ५१२ जिबी क्षमतामा पाइनेछ।

प्रतिक्रिया दिनुहोस्