Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

९ फाल्गुन २०८१, शुक्रबार ०५:३६

९ फागुन, काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहिबार पछिल्लो रेकर्ड बराबर बनाएको सुन आज घटेको छ । शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज छापावाल सुन एक लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार उक्त सुन एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्