Trending
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |     जाँचबुझ आयोगमा बयान दिन जाँदै रमेश लेखक     |     कान्छाराम कन्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा     |     सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो     |     राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?     |     नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचिमा नपर्ने     |     यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर     |    
समाचार

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

९ फाल्गुन २०८१, शुक्रबार ०५:३६

९ फागुन, काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहिबार पछिल्लो रेकर्ड बराबर बनाएको सुन आज घटेको छ । शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज छापावाल सुन एक लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार उक्त सुन एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्