Trending
ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित…     |     बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह     |     सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला     |     हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध     |     पृथ्वी नजिक सर्ने प्रमुख क्षुद्रग्रहहरू: जोखिम, अनुसन्धान र अन्तरिक्ष मिशनको प्रगति     |     अतिरिक्त विशिष्ट श्रेणीको पद निजामती विधेयकबाट हटाउन आजपाको माग     |     “१००० EV स्कुटरसहित ऐतिहासिक स्वरोजगार योजना : नेपाली युवालाई रोजगारी र आम्दानीको अवसर”     |     एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक     |     टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि     |     शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे     |    
समाचार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ किशोर घाइते

६ आश्विन २०८१, आईतवार ०२:३८

६ असोज,कञ्चनपुर। कञ्चनपुरमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई किशोर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका-४, गोबरैयामा म २ प ६७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा भीमदत्त नगरपालिका-४, गोबरैयाका १९ वर्षीय आशिष चन्द र सोही ठाउँका १८ वर्षीय पवन चन्द घाइते भएका छन्। तीमध्ये मोटरसाइकल चालक आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अचेत अवस्थामा उद्धार गरिएका उनको टाउकोमा चोट छ।

महाकाली प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि दुवै घाइतेलाई राति नै धनगढी रेफर गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार अहिले उनीहरुको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्