Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ किशोर घाइते

६ आश्विन २०८१, आईतवार ०२:३८

६ असोज,कञ्चनपुर। कञ्चनपुरमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई किशोर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका-४, गोबरैयामा म २ प ६७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा भीमदत्त नगरपालिका-४, गोबरैयाका १९ वर्षीय आशिष चन्द र सोही ठाउँका १८ वर्षीय पवन चन्द घाइते भएका छन्। तीमध्ये मोटरसाइकल चालक आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अचेत अवस्थामा उद्धार गरिएका उनको टाउकोमा चोट छ।

महाकाली प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि दुवै घाइतेलाई राति नै धनगढी रेफर गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार अहिले उनीहरुको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्