Trending
गायक बिक्की गुरुङको गीत ‘डर लाग्छ’ सार्वजनिक, मलिका र कुन्साङको अभिनय     |     सर्वनाममा फूलको कथा : नाटक ‘जब फूलले आकार लिन्छ     |     रिलिज भयो प्रिमियरमा रुचाइएको चलचित्र ‘रियाल रिङ्गेट’     |     चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति घोषणा     |     आज यी प्रदेशमा भारी वर्षा हुने     |     शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     शहरमा रहेका वृद्धवृद्धाका लागि महाबै गाउँपालिकाले सुर्खेतमा सेवा केन्द्र सुरु     |     आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     खीर खाएर मनाइँदै साउन १५     |    
समाचार

प्रतीक्षित चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक, नयाँ कलाकारहरूको उदय

९ फाल्गुन २०८१, शुक्रबार ०९:५८

काठमाडौं। नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ ।

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ ।

चलचित्रको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ । शाहिल खानले सम्पादन गरेको ट्रेलरले जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ ।

यसमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका मुख्य पात्रको जीवनका झलक देख्न सकिन्छ । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिएका छन् ।

‘होस्टेल’को अघिल्लो शृङ्खलाबाट अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायत दर्जनौँ कलाकार उदाएका थिए । अब, ‘होस्टेल ३’ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने सङ्केत गरेको छ ।

चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन्, जो दुई दशकदेखि सङ्गीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।

अर्जुन तिवारीको छायाङ्कन निर्देशन रहेको चलचित्रलाई सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ ।

चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।

ट्रेलरमा आकर्षक दृश्य, रोमाञ्चक कथा र युवा उमङ्ग झल्काउने विभिन्न दृश्यले दर्शकमाझ प्रतीक्षा बढाएको छ । युवा पुस्ताको वर्तमान र अघिल्लो पुस्ताको विगतलाई स्मरण गराउन सफल ट्रेलरबाट ‘होस्टेल ३’ले अघिल्ला सिरिजको जस्तै युवा पुस्तालाई आकर्षित गर्ने अपेक्षा गर्न सकिन्छ ।

हेर्नुस् टिजर :

प्रतिक्रिया दिनुहोस्