Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नोरदेन रुम्बाका गीत सुनाउँदै चन्दन-डेजी-विमोचना

९ फाल्गुन २०८१, शुक्रबार १०:०६

काठमाडौँ । हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरसालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङ्को सुविख्यात साङ्गीतिक परिवार प्रस्तुत हुने भएको छ ।

यस महिनाको कार्यक्रमका निम्ति सङ्गीतकार चन्दन लोमजेलले दार्जिलिङ्का सुप्रसिद्ध गीतकार नोरदेन रुम्बाका गीतमा धुन भरेर ल्याएका छन् । जसलाई लोकप्रिय स्वरसिल्पी डेजी बराइली र विमोचना लोमजेलले गाउने छन् । यो कार्यक्रम एउटै परिवारको पुरानो र नयाँ पुस्ताको साङ्गीतिक सङ्गम पनि हुनेछ ।

पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।

नोरदेन रुम्बा दार्जिलिङको नेपाली साहित्यिक जगतमा स्थापित नाम हो । रुम्बाले दार्जिलिङ बसेर गरेका सृजनाले नेपाली साहित्यिक क्षेत्रको धुरी अग्लिएको छ । सन् १९४९ मा दार्जिलिङमै जन्मिएका गीतकार रुम्बा ४० वर्षको उमेरसम्म मात्र भौतिक रुपमा यस संसारमा रहे तर उनले छाडेर गएका साहित्यिक रचना र गीतहरूले अझै पनि नेपाली कला जगतलाई गुन लगाइरहेका छन् ।

सङ्गीतकार चन्दन लोमजेलकै धुनमा मूर्धन्य नेपाली गायक नारायणगोपालले स्वर दिएको मेरा सबै रात अबमातहरू भए गीत नोर्देन रुम्बाकै सृजना हो ।

त्यस्तै सङ्गीतकार कर्म योञ्जनको धुनमा अरुणा लामाले गाएको फूललाई सोधेँकहाँ गयौ कता गयौ भमरा सङ्गीतकार बद्री-दुर्गा खरेलको धुनमा रहेका गाइने दाइलाई सुनकेशरीको केश सोध्नै भुलेँ र दावा ग्याल्मोले स्वर दिएको ‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदैछु नोर्देन रुम्बाकै शब्द हुन् ।

सङ्गीतकार चन्दन लोमजेलकै धुनमा डेजी बराइलीले स्वर दिएका – ‘कति बग्यो कति बग्योपुलमुनि पानी रेसम साथै नेपालको लोकरक व्याण्ड नेपथ्यले गाएको कसैले सोधे कुन हो तिम्रो गाऊँ पनि नोरदेन रुम्बाकै सृजना हुन् ।

यो महिनाको पलेँटीमा भने उनले लेखेका तर आजसम्म कतै रेकर्डमा नआएका गीतहरू प्रस्तुत हुनेछन् । यसपालीको पलेँटी बारे कार्यक्रम संयोजक आभास भन्छन् – नोर्देनले आफ्नो जीवनको उत्तरकालमा रचेका रचनाहरू सङ्गीतकार चन्दन लोमजेलसँग थन्किएका छन् भन्ने जानकारी हामीलाई भयो । त्यसपछि हामीले चन्दनजीलाई अनुरोध गरेर ती रचनालाई नेपाली सङ्गीतप्रेमी माझ ल्याउने जमर्को गरेका हौं ।

प्रतिक्रिया दिनुहोस्