Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

विवाहमा दुई समूहबीच झडप हुँदा युवकको मृत्यु

१० फाल्गुन २०८१, शनिबार ०२:५४

१० फगुन, बाजुरा। बाजुरा बूढीगंगा नगरपालिका–८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समूहबीच दोहोरो झडपबाट घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा बूढीगंगा नगरपालिका–८ डुग्रीतोलाका अन्दाजी २९ बर्षीय रणबहादुर थापा छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार बिहीबार राति बिहेको निम्तो खान गएका दुई समूहबीच दोहोरो झडप भएको थियो।

बिहीबार राति बिहे भोजमा झडप हुँदा थापामाथि मुस्ली (ओखलमा कुट्ने हतियार) प्रहार गरिएको थियो । ‘मुस्ली प्रहारबाट गम्भीर घाइते भएका थापाको शुक्रबार अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

कुटपिटको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दीर्घ विष्ट, लोकेन्द्र खड्का र खेमराज विष्ट रहेका छन्। अन्य दुई जनालाई पनि घटनाको बारेमा सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्