Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

विवाहमा दुई समूहबीच झडप हुँदा युवकको मृत्यु

१० फाल्गुन २०८१, शनिबार ०२:५४

१० फगुन, बाजुरा। बाजुरा बूढीगंगा नगरपालिका–८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समूहबीच दोहोरो झडपबाट घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा बूढीगंगा नगरपालिका–८ डुग्रीतोलाका अन्दाजी २९ बर्षीय रणबहादुर थापा छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार बिहीबार राति बिहेको निम्तो खान गएका दुई समूहबीच दोहोरो झडप भएको थियो।

बिहीबार राति बिहे भोजमा झडप हुँदा थापामाथि मुस्ली (ओखलमा कुट्ने हतियार) प्रहार गरिएको थियो । ‘मुस्ली प्रहारबाट गम्भीर घाइते भएका थापाको शुक्रबार अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

कुटपिटको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दीर्घ विष्ट, लोकेन्द्र खड्का र खेमराज विष्ट रहेका छन्। अन्य दुई जनालाई पनि घटनाको बारेमा सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्