Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रुस-युक्रेन युद्ध रोक्न बेलायत र फ्रान्सले सहयोग नगरेको ट्रम्पको आरोप

१० फाल्गुन २०८१, शनिबार ०३:३६

१० फगुन,न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनको युद्ध अन्त्यमा लागि बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले केही सहयोग नगरेको आरोप लगाएका छन्।

साथै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि युद्ध विरामको विकल्प नभएकोमा जोड दिएका छन्। उनले वार्ताको टेबलमा जेलेन्स्कीको आवश्यकता आफूले ठहर नगरेको फेरि प्रष्ट पारेका छन्।

आगामी हप्ता व्हाइट हाउसमा भेटका लागि आउने कार्यक्रम तय भएका बेला राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् । यस बिचमा मध्यपूर्वका लागि ट्रम्पका दूत केइथ केलगको भाषा भने फरक थियो। उनले उनले जेलेन्स्कीलाई उत्साही नेताको रूपमा लिएको बताएका थिए। ट्रम्पले जेलेन्स्कीलाई तानाशाहीको आरोप लगाएपछि केलग र जेलेन्स्कीको वार्ता भएको हो।

जेलेन्स्कीलाई वार्तामा नबोलाएपछि युरोपका धेरै नेताले उनको पक्षमा बोलेका थिए। बेलायती प्रधानमन्त्रीले रुस र युक्रेनको सीमामा सेना पठाएर सुरक्षा गर्नेसमेत बताएका थिए। युरोपेली नेतालाई रुस र अमेरिकाको वार्तामा नबोलाइए पछि उनीहरूको बीचमा बारम्बार छलफल भएको छ। पेरिसमा युरोपेली सम्मेलनको समेत आयोजना भइसकेको छ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग शान्ति सम्झौतालाई लिएर कुनै तरिका नभएकोसमेत बताएका छन् । रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । त्यसबेलादेखि नै बेलायत, फ्रान्ससहित अन्य सहयोगी देश युक्रेनमा हतियार र अन्य सहयोग पठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्