Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पित

१० फाल्गुन २०८१, शनिबार ११:३४

१० फागुन, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ कोे आज आयोजित कार्यक्रमबीच लोकार्पण गरेका छन्।

पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर, र जीवनका विविध उकाली ओराली तथा नेकपा (माले) का तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो ।

कार्यक्रममा आयोजकका तर्फबाट प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यलाई विवाह वर्षगाँठका अवसरमा सम्मान गरिएको थियो । राष्ट्रियसभा गृहमा खचाखच उपस्थितिका बीच भइरहेको लोकार्पण कार्यक्रममा पुस्तकबारे नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, गायिका आनी छोइङ डोल्मा, लेखक अमर न्यौपानेले समीक्षात्मकम मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्