Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

श्रीलंकाले पायो वामपन्थी राष्ट्रपति

६ आश्विन २०८१, आईतवार ०४:४९

६ असोज,एजेन्सी। श्रीलंकामा हिजो भएको राष्ट्रपतीय चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके निर्वाचित भएका छन् । उनले ५३ प्रतिशत मतसहित अन्य उम्मेदवार भन्दा सबै भन्दा अगाडि छन् ।

निर्वाचन आयोगले विजयको औपचारिक घोषणा गर्न भने बाँकी नै छ । अनुरालाई  आजै राष्ट्रपतिको शपथ ग्रहण गराइँदैछ । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । हालसम्मको नतिजामा वामपन्थी नेता अनुरा दिसानायकेले शानदार अग्रता लिएका छन् ।

लंकाको निर्वाचन आयोगको आँकडाअनुसार १० लाख भोट गणना भइसक्दा दिसानायकेले ५० प्रतिशत मत पाएका छन् । राष्ट्रपति निर्वाचित हुन ५३ प्रतिशत मत ल्याए पुग्छ । दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको उम्मेदवार हुन् । यो गठबन्धनमा उनको पिपुल्स लिवरेसन फ्रन्ट पार्टी (जेभीपी) पनि सामेल छ । दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् । पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल एक प्रतिशत मत पाएका छन् ।

श्रीलंकाको राष्ट्रपति पदका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो । बीबीसीका अनुसार निर्वाचनमा ७० प्रतिशत मतदान भएको छ । मतदान सकिएलगत्तै देशभर कर्फ्यु लगाइएको छ ।

मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि मतगणनाको क्रममा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गरी कर्फ्यु लगाइएको सरकारी अधिकारीहरुले बताएका छन् । श्रीलंकामा दुई वर्ष अगाडि आर्थिक अवस्था बिग्रिएपछि विरोध प्रदर्शन भएको थियो । त्यसपछि पहिलो पटक नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्