Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
बैंक वित्तीय

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

११ फाल्गुन २०८१, आईतवार ०३:४६

११ फागुन, काठमाडाैं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ।

कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि आज आइतबारदेखि खुलेको हो ।

कम्पनीको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा मागअनुसार आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताहरूले सी–आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर पोर्टलमार्फत सहज रूपमा आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्