Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
बैंक वित्तीय

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

११ फाल्गुन २०८१, आईतवार ०३:४६

११ फागुन, काठमाडाैं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ।

कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि आज आइतबारदेखि खुलेको हो ।

कम्पनीको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा मागअनुसार आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताहरूले सी–आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर पोर्टलमार्फत सहज रूपमा आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्