Trending
चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक     |     सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता     |     घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत     |     मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि खोसियो निमित्तको आर्थिक अधिकार     |     विदेशका स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियाको जेलमा अझै ४९ जना     |     वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |    
कला र मनोरन्जन

फिल्म ‘लाज शरणम्’ले पायो सेन्सर पास, बुधवार नै रिलिज हुने

११ फाल्गुन २०८१, आईतवार ११:४६

काठमाडौं। सेन्सर पास भएसँगै टेलिशृङ्खला ‘सक्किगोनि टीम’ द्वारा निर्माण गरिएको चलचित्र’लाज शरणम्’ बुधवार नै प्रदर्शनमा आउने भएको छ ।

यसअघि अदालतमा पात्रको विषयलाई लिएर परेको मुद्दाका कारण प्रदर्शनबारे अन्योलत सिर्जना हुँदै आएको थियो । तर केन्द्रीय चलचित्र जाँच पास समितिले सेन्सर पास गर्दै देशभर पदर्शनको अनुमति दिएसँगै पूर्वनिर्धारित मिति बुधबारदेखि नै फिल्म प्रदर्शनमा आउने निश्चित भएको उक्त फिल्मका कलाकार सागर लम्सालले जानकारी दिए ।

उच्च अदालत पाटनले सेन्सरअघि फिल्म ‘लाज शरणम्’को प्रचार प्रसारमा रोक लगाएपछि ट्रेलर रिलिज स्थगित भएको थियो । यस्तै सोही प्रचारका लागि सक्किगोनिका लागि खिचिएको एपिसोड समेत प्रदर्शन भएको थिएन ।

सीताराम कट्टेल (धुर्मुस) ले फिल्ममा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलम जस्तै देखिने चरित्र चित्रण गरेको भन्दै गत मंगलबार फिल्मविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न आदेश दिएको थियो ।

सोही रिटलाई ध्यानमा राख्दै शुक्रबार बोर्डले यस फिल्मको जाँच गरेको थियो । तर सेन्सर बोर्डले रोक लगाउनुपर्ने कुनै दृश्य नभेटेपछि प्रदर्शनको बाटो खोलिदिएको हो । यस फिल्मलाई बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । अर्थात्, सबै उमेर समूहले यस फिल्मलाई हेर्न पाउनेछन् ।

फिल्ममा प्रमुख भूमिका निभाउने कलाकारहरू सागर लम्साल, अर्जुन घिमिरे, प्रियाना आचार्य, हरिष निरौला, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। फिल्म कुमार कट्टेलले निर्देशन गरेका हुन्।

‘लाज शरणम्’ फिल्मको निर्माण जेपिटी क्रियसन ब्यानरअन्तर्गत गरिएको हो, जसका निर्माता नवीन श्रेष्ठ हुन्। फिल्मको छायांकन सुदीप बरालले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्