Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

लागु औषध ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ

११ फाल्गुन २०८१, आईतवार १२:११

११ फागुन, बाँके। प्रहरीले लागु औषध सहित एक भारतीयलाई पक्राउ गरेको छ।

प्रहरीले तीस ग्राम ब्राउन सुगर सहित भारत उत्तर प्रदेश बहारइच जिल्ला बस्ने बर्ष ३१ को विशाल अहमदलाई पक्राउ गरेको हो।

लागुऔषध कारोबारी भारतीय नागरिक अहमदलाई गोप्य सूचनाको आधारमा लामो समय देखि प्रहरीले खोजी गरिरहेको थियो। अहमदलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बरामद गरेको ३५१ ग्राम लागु औषधि ब्राउन सुगरसहित फेला पारी निजको मोबाइल थान २ र UP 32 MS ३५१ नम्बरको मोटरसहित पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्