Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

आज मन्त्रिपरिषद्को बैठक बस्दै

१२ फाल्गुन २०८१, सोमबार ०६:३०

१२ फागुन, काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

बिहीबार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले औद्योगिक व्यवसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

यो मन्त्रिपरिषद्को नियमित बैठक छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयहरूमा छलफलसहितको नियमित बैठक बोलाएका हुन् ।

सरकारले संसद् सञ्चालन हुनुभन्दा अगावै विभिन्न ६ वटा अध्यादेशहरू ल्याएपनि ती अध्यादेशहरू संसद्‌मा पेश हुन सकेका छैनन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनका पक्षमा बहुमत नजुट्दा सरकारले अध्यादेशहरू पेश गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्