Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

राष्ट्रपति पद छाड्न जेलेन्स्कीले राखेका शर्त

१२ फाल्गुन २०८१, सोमबार ०६:३७

१२ फागुन, काठमाडौँ। रुस-युक्रेन युद्ध सुरु भएको आज तीन वर्ष पूरा भएको छ ।

यस अवसरमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शान्तिको खातिर आफू जे पनि गर्न तयार रहेको बताएका छन् । यदि राजीनामा दिँदा शान्ति आउँछ वा युक्रेनलाई नाटोको सदस्यता मिल्छ भने आफू राजीनामा दिन तयार रहेको खुलाएका छन् ।

आइतबार किभमा पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्। त्यसका लागि युक्रेनमा शान्ति र यसको सुरक्षा सुनिश्चित हुनुपर्ने तथा नेटो सैन्य गठबन्धनमा समावेश गर्नुपर्ने सर्त राखेका छन्।

युक्रेनमा सोमबारदेखि युरोपेली नेताहरूको बैठक सुरू हुँदैछ। त्यसको तयारीबारे प्रश्न गर्दा पत्रकारहरूले उनको राष्ट्रपति पदबारे पनि सोधेका थिए। त्यसको जबाफमा उनले युक्रेनमा शान्ति र नेटो सैन्य गठबन्धनको बदलामा राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्। ‘नेटो सैन्य गठबन्धनमा युक्रेनलाई समावेश गर्ने हो भने म तत्काल राष्ट्रपति पद छाड्न सक्छु,’ उनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई यसअघि ‘तानाशाह’ भनेका थिए। आइतबार पत्रकारहरूसँग जेलेन्स्कीले आफू ट्रम्पले भनेको जस्तो तानाशाह पनि नभएको बताए।

प्रतिक्रिया दिनुहोस्