Trending
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |    
समाचार

राष्ट्रपति पद छाड्न जेलेन्स्कीले राखेका शर्त

१२ फाल्गुन २०८१, सोमबार ०६:३७

१२ फागुन, काठमाडौँ। रुस-युक्रेन युद्ध सुरु भएको आज तीन वर्ष पूरा भएको छ ।

यस अवसरमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शान्तिको खातिर आफू जे पनि गर्न तयार रहेको बताएका छन् । यदि राजीनामा दिँदा शान्ति आउँछ वा युक्रेनलाई नाटोको सदस्यता मिल्छ भने आफू राजीनामा दिन तयार रहेको खुलाएका छन् ।

आइतबार किभमा पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्। त्यसका लागि युक्रेनमा शान्ति र यसको सुरक्षा सुनिश्चित हुनुपर्ने तथा नेटो सैन्य गठबन्धनमा समावेश गर्नुपर्ने सर्त राखेका छन्।

युक्रेनमा सोमबारदेखि युरोपेली नेताहरूको बैठक सुरू हुँदैछ। त्यसको तयारीबारे प्रश्न गर्दा पत्रकारहरूले उनको राष्ट्रपति पदबारे पनि सोधेका थिए। त्यसको जबाफमा उनले युक्रेनमा शान्ति र नेटो सैन्य गठबन्धनको बदलामा राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्। ‘नेटो सैन्य गठबन्धनमा युक्रेनलाई समावेश गर्ने हो भने म तत्काल राष्ट्रपति पद छाड्न सक्छु,’ उनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई यसअघि ‘तानाशाह’ भनेका थिए। आइतबार पत्रकारहरूसँग जेलेन्स्कीले आफू ट्रम्पले भनेको जस्तो तानाशाह पनि नभएको बताए।

प्रतिक्रिया दिनुहोस्