Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

ललितपुर महानगरले चलायो वडा कार्यालयको भवनमा डोजर

१२ फाल्गुन २०८१, सोमबार ०७:०७

१२ फागुन, काठमाडौं। ललितपुर महानगरपालिकाले वडा कार्यालयको भवनसहित लगनखेलका संरचनामा डोजर चलाएको छ।आज (सोमबार) बिहान महानगरले ५ नम्बर वडा कार्यालय रहेको भवनसहितका १६ वटा सटरहरूमा डोजर चलाएको हो ।

अनधिकृत संरचना भत्काउँदा महानगरले धुलो नउडोस् भनेर सँगै पानी पनि प्रयोग गरेको छ। डोजर चलाउँदा महानगर प्रमुख चिरिबाबु महर्जन पनि उपस्थित छन् । महानगर प्रहरी बलका अनुसार लगनखेलमा रहेको पोखरीलाई बाहिरबाटै देखिने गरी संरचना बनाउन लागिएको हो ।

वडा कार्यालय र १६ वटा सटर हुँदा पोखरी छेकिने गरेको थियो । अब त्यसैलाई सडकपेटीबाटै देखिने गरी बार लगाउन लागिएको हो । त्यहाँको भवन भत्काउने भएपछि वडा कार्यालय एक महिना अघि नै महालक्ष्मीस्थान स्थित एक भवनमा सरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्