Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

ललितपुर महानगरले चलायो वडा कार्यालयको भवनमा डोजर

१२ फाल्गुन २०८१, सोमबार ०७:०७

१२ फागुन, काठमाडौं। ललितपुर महानगरपालिकाले वडा कार्यालयको भवनसहित लगनखेलका संरचनामा डोजर चलाएको छ।आज (सोमबार) बिहान महानगरले ५ नम्बर वडा कार्यालय रहेको भवनसहितका १६ वटा सटरहरूमा डोजर चलाएको हो ।

अनधिकृत संरचना भत्काउँदा महानगरले धुलो नउडोस् भनेर सँगै पानी पनि प्रयोग गरेको छ। डोजर चलाउँदा महानगर प्रमुख चिरिबाबु महर्जन पनि उपस्थित छन् । महानगर प्रहरी बलका अनुसार लगनखेलमा रहेको पोखरीलाई बाहिरबाटै देखिने गरी संरचना बनाउन लागिएको हो ।

वडा कार्यालय र १६ वटा सटर हुँदा पोखरी छेकिने गरेको थियो । अब त्यसैलाई सडकपेटीबाटै देखिने गरी बार लगाउन लागिएको हो । त्यहाँको भवन भत्काउने भएपछि वडा कार्यालय एक महिना अघि नै महालक्ष्मीस्थान स्थित एक भवनमा सरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्