Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

प्रसाईंलाई जिल्ला अदालत पेस गरियो, नाराबाजी गर्ने ४ जना पक्राउ

६ आश्विन २०८१, आईतवार १२:१९

६ असोज, काठमाडौं। आइतबार भक्तपुरस्थित घरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत पेस गरिएको छ ।

आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । उनलाई साइबर व्युरोबाट अस्पताल लगेर त्यहाँबाट जिल्ला अदालत ल्याइएको हो । उनलाई अदालत ल्याउँदा नाराबाजी गर्ने ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालका अनुसार प्रसाईंविरुद्ध एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् । प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो ।अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्