Trending
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |    
समाचार

भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन् : नेकपा एस

१२ फाल्गुन २०८१, सोमबार ०९:०४

१२ फागुन, काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले सरकार नालायक र दमनकारी बनेको निश्कर्ष निकालेको छ ।

गत फागुन ९ र १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा बसेको एकीकृत समाजवादीको बैठकले सरकार नालायक र दमनकारी बन्दै जाँदा सडकले पनि सही बाटो नभेटाएर अराजक र पपुलिष्टको कब्जामा गएको निश्कर्ष निकालेको हो ।

उनले सहकारी ठगी, मिटरबाजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको बचत डुबेको बताए । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको बताए ।

बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्ययोजना र पार्टीका तात्कालिक संगठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल गरेको छ ।  छलफलमा १७६ केन्द्रीय सदस्यले भाग लिएका थिए। केहीले लिखित सुझाव पेश गरेको महासचिव घनश्याम भुसालले बताए।

केन्द्रीय सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालिक कार्ययोजना र अन्य दस्तावेजहरु सम्पादन गर्न र केन्द्रीय कमिटी बैठकमा उठेका सङ्गठनलगायत विषयहरूमा निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको पनि भूसालले जानकारी दिए। केन्द्रीय कमिटी बैठकले समसामयिक विषयमा पार्टीको धारणाका रुपमा २० वुँदे प्रस्ताव पनि पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्