Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

सालकको खपेटा सहित चार जना पक्राउ

१२ फाल्गुन २०८१, सोमबार ०९:४२

१२ फागुन, काठमाडौं। गोकर्णेश्वर नगरपालिका-५ चामुण्डाचोकबाट सालकको खपेटा ८ किलो ५ सय ग्राम सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, नुवाकोट बेलकोटगढी नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ४० वर्षीय सन्त बहादुर गुरूङ, ओखलढुंगा मोलुङ गाउँपालिका-६ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहानगरपालिका-१५ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने ४२ वर्षीय मदन राई रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्