Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

नेपाल मेडिकल कलेजको रजत जयन्तीमा प्रधानमन्त्री

१३ फाल्गुन २०८१, मंगलवार ०८:५६

१३ फागुन, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन्।

जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यमा नयाँ भवन उपयोगी हुने ठानिएको छ ।

सो कलेजले हालसम्म एमविविएसमा दुुई हजार दुुई सय ६२, विडिएसमा तीन सय ३५, एमडि÷एमएस र एमडिएसमा तीन सय २४ जना, विशिष्टीकृत सेवा अन्तरगत डिएम एमसीएचमा आठ, विएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा दुुई सय आठ गरी स्थापनाकाल हालसम्म चार हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जनाइएको छ ।

कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्