Trending
इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     साउदी अरेबियामाथि स्पेनको फराकिलो जित     |     सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री     |     दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा     |     प्रधानमन्त्री बालेनले संसद‍्‍मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए     |     प्रधानमन्त्रीले भने- आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ     |     बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने     |     बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |    
समाचार

सबै दलको समझदारीमा संविधान संशोधन भए माओवादीले सहयोग गर्छ : नारायणकाजी श्रेष्ठ

६ आश्विन २०८१, आईतवार १२:२५

६ असोज, काठमाडौं। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई कुनैपनि कोणबाट कुठाराघात नगर्नेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

सिंहदबारमा आइतबार संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए आफूहरुको पूरा सहयोग रहने बताए।

सबै दलको समझदारीमा हुने संविधान संशोधनमा माओवादीको सहयोग नै रहने उनले बताए । उनले प्रतिगमन मुर्दावाद भनेर मात्रै संविधान र लोकतन्त्रको रक्षा नहुने भन्दै रूपान्तरण, विकास र जीवन पद्धतिमा जनताले खोजेको परिवर्तनको पक्षमा काम गर्नुपर्ने धारणा राखे ।

उनले संविधान संशोधन गर्दा संविधान जारी गर्दाखेरि र अहिलेका अनुभवका आधारमा हुनुपर्ने बताए । उनले सबै सहमत भएको अन्तर्वस्तु तर बुँदाहरू, धाराहरू मिलाउँदा नमिलेको कुराहरूमा अहिले सहमति जुटाउन सकिने बताए । उनले संविधानलाई राम्रो र परिष्कृत बनाउन नयाँ अध्याय थप्नेगरी अघि बढ्नुपर्ने बताए ।

वर्तमान सरकार बन्ने प्रसङ्गसँग संविधान संशोधनको विषय आएकाले केही विवाद आएको बताए । उनले समावेशी, समानुपातिक पक्षहरूमा पछि नहट्ने विषयमा सरकार सरकारमा सहभागी राजनीतिक दलहरूले स्पष्ट पारिसकेको भन्दै अब सोहीअनुसार अघि बढ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्