Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

विद्यार्थीमाथि बलात्कार गर्ने शिक्षक पक्राउ

१३ फाल्गुन २०८१, मंगलवार ०९:३३

१३ फागुन, काठमाडौँ। विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा गोरखा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजारकोटको नलगाड नगरपालिका-८ घर भई धार्चे गाउँपालिका-२ रुञ्चेतस्थित एक विद्यालयमा पढाउने शिक्षक कमलबहादुर बोहोरा छन्।

१५ वर्षीया छात्रामाथि विगत तीन महिनादेखि यौन शोषण गर्ने गरेको आरोपमा अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पछिल्लो पटक गत माघ २८ गते नरापर्व चलिरहेका बेला बलात्कारको घटना भएको थियो। घटनालगत्तै अभिभावकले सोधपुछ गर्दा लामो समयदेखि यौन शोषण हुने गरेको खुलासा भएपछि प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले शिक्षक बोहोरालाई गत फागुन ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीमाथि अनुसन्धान थालिएको छ।

प्रतिक्रिया दिनुहोस्