Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

विद्यार्थीमाथि बलात्कार गर्ने शिक्षक पक्राउ

१३ फाल्गुन २०८१, मंगलवार ०९:३३

१३ फागुन, काठमाडौँ। विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा गोरखा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजारकोटको नलगाड नगरपालिका-८ घर भई धार्चे गाउँपालिका-२ रुञ्चेतस्थित एक विद्यालयमा पढाउने शिक्षक कमलबहादुर बोहोरा छन्।

१५ वर्षीया छात्रामाथि विगत तीन महिनादेखि यौन शोषण गर्ने गरेको आरोपमा अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पछिल्लो पटक गत माघ २८ गते नरापर्व चलिरहेका बेला बलात्कारको घटना भएको थियो। घटनालगत्तै अभिभावकले सोधपुछ गर्दा लामो समयदेखि यौन शोषण हुने गरेको खुलासा भएपछि प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले शिक्षक बोहोरालाई गत फागुन ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीमाथि अनुसन्धान थालिएको छ।

प्रतिक्रिया दिनुहोस्