Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

प्रधान सेनापतिद्वारा सकल दर्जालाई सम्बोधन

१३ फाल्गुन २०८१, मंगलवार १५:५९

१३ फागुन, काठमाडौं। प्रधान सेनापति अशोकराज सिग्देलले महाशिवरात्रि तथा २६२औं सेना दिवसको अवसरमा जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका छन् ।

उनले आज नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गरेका थिए । सम्बोधनको क्रममा उनले नेपाली सेनाले निर्वाह गर्दै आईरहेका प्रकृति संरक्षण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना लगायतका जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले पूरा गर्दै नेपाली सेनालाई हरेक क्षेत्रमा उत्कृष्ट र अब्बल बनाइराख्न योगदान पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो । यस अघि आजै आयोजित बेग्लाबेग्लै कार्यक्रमहरूमा कर्तव्यपालनाको सिलसिलामा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधान सेनापतिले छाउनीमा रहेको वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा श्रद्धासुमन अर्पण गरेका थिए ।

त्यसैगरी छाउनीस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा प्रधान सेनापतिले वीरगति प्राप्त सैनिकका परिवारजनहरूलाई सम्मान समेत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्