Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

काठमाडौं टिम च्याम्पियन

१३ फाल्गुन २०८१, मंगलवार १६:०७

१३ फागुन, काठमाडौं। काठमाडौं बागमती प्रदेश काष्ठमण्डप सितोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ ।

नेपाल सितोरियो कराते डो संघ, लैनचौर शाखा डोजोको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्ण र ३ रजत जित्दै काठमाडौं टिम च्याम्पियन बन्न सफल भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा भक्तपुर २ स्वर्ण, १ रजत र ३ कांस्यसाथ दोश्रो भयो ।

चितवनले २ स्वर्ण, १ रजत र ३ कांस्य जितेपनि गोलाप्रथामा तेश्रो स्थानमा चित्त बुझायो । विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताको पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा ८ सय २९ खेलाडीले सहभागिता जनाएको आयोजक डोजोका अध्यक्ष लक्ष्मण खड्काले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्