Trending
देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |    
समाचार

उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्छः उपराष्ट्रपति

१४ फाल्गुन २०८१, बुधबार ०३:३४

१४ फागुन, काठमाडौँ। सउपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यसबाट आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान गर्ने उल्लेख गरेका छन्। “विभिन्न शिवालय, शिव मन्दिर, महादेव मठलगायत धार्मिकस्थलमा मेलाहरूको आयोजना हुनुले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्दछ, यसले आर्थिक गतिविधि वृद्धि भई मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ।

शिवको आराधना र भक्तिको माध्यमबाट धार्मिक आस्था र विश्वासलाई बलियो बनाउँदै मानिसको मन, वचन र कर्ममा शुद्धीकरण गर्नमा सहयोग गर्ने र समाजमा एकता, सहयोग र सद्भावलाई बढावा दिने यो पर्वलाई आपसी मनोमालिन्यता, मतभेद र द्वेषलाई बिर्सने अवसरका रूपमा उपयोग गर्न सक्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्