Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

मधानी महोत्सव : पतौराधाम स्थित महादेव मन्दिरमा दर्शन गर्न पुगिन कुम्भ मेलाका भाईरलगर्ल मोनालिसा

१४ फाल्गुन २०८१, बुधबार ११:०६

१४ फागुन, रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन् ।

भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे सहित कुम्भ मेलाको भाईरलगर्ल मोनालिसा सहितका कलाकारले शिवमन्दिरमा दर्शन गरेका हुन् ।

यसैगरी भोजपुरी कलाकार मिंटुवा, भोजपुरीका गायक सुनिल पंडित, गायिका अनु चौधरी, नेपाली कलाकार गौरभनारायण राई, सहित स्थानीय कलाकारको मधानी महोत्सवमा विशेष सहभागिता रहेको छ ।

यि कलाकारहरुले आज आयोजना भएको मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो कलाको प्रदर्शन गरिरहेका छन् । पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि प्रत्येक बर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्