Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

मधानी महोत्सव : पतौराधाम स्थित महादेव मन्दिरमा दर्शन गर्न पुगिन कुम्भ मेलाका भाईरलगर्ल मोनालिसा

१४ फाल्गुन २०८१, बुधबार ११:०६

१४ फागुन, रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन् ।

भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे सहित कुम्भ मेलाको भाईरलगर्ल मोनालिसा सहितका कलाकारले शिवमन्दिरमा दर्शन गरेका हुन् ।

यसैगरी भोजपुरी कलाकार मिंटुवा, भोजपुरीका गायक सुनिल पंडित, गायिका अनु चौधरी, नेपाली कलाकार गौरभनारायण राई, सहित स्थानीय कलाकारको मधानी महोत्सवमा विशेष सहभागिता रहेको छ ।

यि कलाकारहरुले आज आयोजना भएको मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो कलाको प्रदर्शन गरिरहेका छन् । पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि प्रत्येक बर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्