Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

घाँस काट्न गएका युवती र महिला र पुरुष जंगलमा मृत भेटिएपछि

१५ फाल्गुन २०८१, बिहीबार ०३:२२

१५ फागुन, खोटाङ।  खोटाङमा एक युवती र एक किशोर मृत भेटिएका छन्।

वराहपोखरी गाउँपालिका-१ वराहपोखरीस्थित डाँडाखर्कमा युवती र किशोर मृत भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार डाँडागाउँका करिब २२/२३ वर्षीया सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा शव भेटिएको छ। सोही गाउँका अन्दाजी १९/२० वर्षका शिखर बस्नेत पनि सोही जङ्गलमा मृत भेटिएका छन्। युवतीको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा शिखर मृत फेला परेका हुन्।

मृत भेटिएकी युवती विवाहित हुन्। उनको दुई वर्षको छोरीसमेत रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्