Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

घाँस काट्न गएका युवती र महिला र पुरुष जंगलमा मृत भेटिएपछि

१५ फाल्गुन २०८१, बिहीबार ०३:२२

१५ फागुन, खोटाङ।  खोटाङमा एक युवती र एक किशोर मृत भेटिएका छन्।

वराहपोखरी गाउँपालिका-१ वराहपोखरीस्थित डाँडाखर्कमा युवती र किशोर मृत भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार डाँडागाउँका करिब २२/२३ वर्षीया सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा शव भेटिएको छ। सोही गाउँका अन्दाजी १९/२० वर्षका शिखर बस्नेत पनि सोही जङ्गलमा मृत भेटिएका छन्। युवतीको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा शिखर मृत फेला परेका हुन्।

मृत भेटिएकी युवती विवाहित हुन्। उनको दुई वर्षको छोरीसमेत रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्