Trending
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता     |     प्रताप दास र अन्नु चौधरीको गीतमा जापानका मोडल शिरीषको अभिनय     |     कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली     |     सुर्खेतमा चार घण्टा रोकिएपछि प्रधानमन्त्री ओली हुम्लातर्फ उडे     |     गुण्डा परिचालनगरि ४४ परिवारको जमिन कब्जा ?     |     राष्ट्रिय श्रष्टा प्रतिष्ठानको महासचिवमा सनम कठायत चयन     |     गरिखाने शिक्षा प्रणालीमा सरकारको जोड : मन्त्री भण्डारी     |     नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित     |     यी भूभागमा धेरै भारी वर्षाको सम्भावना     |     पर्यटन सहकारीकर्मीको क्षमता अभिवृद्धि गर्न दुई दिने तालिम     |    
समाचार

कोशीमा न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल

६ आश्विन २०८१, आईतवार १२:४८

६ असोज, काठमाडौं। कोसी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार सम्पन्न  सत्तापक्षको संयुक्त संसदीय बैठकले न्यूनतम साझा कार्यक्रमका लागि ६ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक छन् ।

त्यस्तै, कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ छन्। कार्यदललाई कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न असोज २३ गतेसम्मको समय दिइएको नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता उद्धव थापा,एमाले उपनेता तील कुमार मेयाङ्बो लगायतको उपस्थिति थियो ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ छन् ।

प्रतिक्रिया दिनुहोस्