Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

सुन जस्तो देखिने धातु सहित चार जना पक्राउ

१५ फाल्गुन २०८१, बिहीबार ११:३८

१५ फागुन, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट सुन जस्तो देखिने धातु करिब ३ किलो ७ सय ४५ ग्राम सहित ४ जना उज्वेकिस्तानका नागरिकहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ४८ वर्षीया AKHMEDOVA UMIDA, ५४ वर्षीया MARIFALIEVA DILFUZA, ४९ वर्षीया FAYZIEVA SAODAT र ४१ वर्षीय TURSUNOV SARDOR रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका AKHMEDOVA को साथबाट १ हजार २ सय ५ ग्राम र MARIFALIEVA को साथबाट १ हजार २ सय १० ग्राम र FAYZIEVA को साथबाट १ हजार ३ सय ३० ग्राम उक्त धातु फेला पारी सोधपुछको क्रममा उक्त धातु TURSUNOV ले प्रलोभनमा पारी बोक्न लगाएको भन्ने खुल्न आएपश्चात प्रहरीले चारै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्