Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सुन जस्तो देखिने धातु सहित चार जना पक्राउ

१५ फाल्गुन २०८१, बिहीबार ११:३८

१५ फागुन, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट सुन जस्तो देखिने धातु करिब ३ किलो ७ सय ४५ ग्राम सहित ४ जना उज्वेकिस्तानका नागरिकहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ४८ वर्षीया AKHMEDOVA UMIDA, ५४ वर्षीया MARIFALIEVA DILFUZA, ४९ वर्षीया FAYZIEVA SAODAT र ४१ वर्षीय TURSUNOV SARDOR रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका AKHMEDOVA को साथबाट १ हजार २ सय ५ ग्राम र MARIFALIEVA को साथबाट १ हजार २ सय १० ग्राम र FAYZIEVA को साथबाट १ हजार ३ सय ३० ग्राम उक्त धातु फेला पारी सोधपुछको क्रममा उक्त धातु TURSUNOV ले प्रलोभनमा पारी बोक्न लगाएको भन्ने खुल्न आएपश्चात प्रहरीले चारै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्