Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

शिवरात्रीमा पशुपति क्षेत्रबाट चोरी गरेका १० वटा मोबाइलसहित दुईजना पक्राउ

१६ फाल्गुन २०८१, शुक्रबार ०७:०२

१६ फागुन, काठमाडौं । शिवरात्रिमा पशुपति क्षेत्रबाट १० थान मोबाइल चोरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

उनीहरूबाट १० वटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २६ गोंगबु बस्ने वर्ष अन्दाजी ३१ को विजय मगर र गोरखाकै बारपाक गाँउपालिका–४ घर भई हाल गोंगबु बस्ने वर्ष ३४ को अभिषेक गुरुङ रहेका छन्।

बालाजु बसन्तनगर गुम्बा नजिक अस्थायी प्रहरी विट गुम्बाबाट गस्तिमा रहेको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई सोधपुछ तथा चेकजाँचका क्रममा दुवैजना पक्राउ परेका हुन्।

हाल प्रहरी वृत्त गौशालामा रहेका उनीहरूमाथि चोरी मुद्दामा अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।उनीहरूबाट एउटा कालो झोलामा मोबाइल १० थान र नगद रु ४००० बरामद भएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्