Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

प्रेस चौतारीको १०औं महाधिवेशन सर्‍यो

१६ फाल्गुन २०८१, शुक्रबार ०७:१९

१६ फागुन, काठमाडौं । प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए।

यसअघि फागुन २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो। उनका अनुसार पूर्वनिर्धारित समयमा प्रदेश र जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको कारण महाधिवेशनको मिति सार्नु परेको हो।

उनले प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनलाई श्रमजीवी पत्रकारहरूको उत्सवका रुपमा सम्पन्न गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्